धनकुटा । साँगुरीगढी गाउँपालिका वडा स्तरीय तेस्रो रनिङ शिल्ड पुरुष तथा महिला भलिवल प्रतियोगिताको पुरुषतर्फ वडा नं. ५ र महिलातर्फको उपाधी वडा नं. १० ले जितेको छ ।
साँगुरीगढी गाउँपालिका वडा नं. १ चनौटे खेलमैदानमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पुरुषतर्फ वडा नं. १० लाई सोझो सेटमा पराजित गर्दै वडा नं. ५ ले उपाधी जितेको हो । उपाधी सँगै विजेता वनेको वडा नं. ५ को टिमले नगद ४५ हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता वनेको वडा नं. १० टिमले नगद २५ हजार रुपैया र ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त वुझाएको छ ।
त्यस्तै महिला तर्फको फाइनल खेलमा वडा नं. ८ लाई सोझो सेटमा पराजित गर्दै वडा नं. १० ले उपाधी जितेको थियो । उपाधी सँगै वडा नं. १० को टिमले नगद २० हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता वनेको वडा नं. ८ को टिमले नगद १० हजार रुपैया र ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त वुझाएको छ ।
गत जेठ ११ देखि १३ गतेसम्म आयोजना भएको प्रतियोगिता साँगुरीगढी गाउँपालिका स्तरीय खेलकुद विकास समितिको आयोजनामा संचालन भएको थियो । विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, विशेष अतिथि उपाध्यक्ष मुना राई, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा हरेक वडाबाट महिला पुरुष टिमको सहभागिता रहेको थियो ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्