images
images
images

रुजन राईको अध्यक्षतामा धनकुटामा पशुपालक किसान महासंघ नेपाल गठन

images

धनकुटा । धनकुटामा आयोजित प्रथम जिल्ला अधिवेशनबाट “पशुपालक किसान महासंघ नेपाल” को धनकुटा शाखा गठन गरिएको छ। अधिवेशनले रुजन राईको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।  नवनिर्वाचित कार्यसमितिमा ब्रम्हध्वज लिम्बू उपाध्यक्ष, दिलकुमार श्रेष्ठ सचिव, ताराबहादुर बस्नेत उपसचिव, र रुजिना राई कोषाध्यक्षमा चयन भएका छन् । सदस्यहरूमा अमरबहादुर राई, केदार कार्की, सुकमाया राई, र राजकुमार राई रहेका छन् ।

अधिवेशनको उद्घाटन कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका प्रमुख हिमा कुमारी गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पशुपालक किसान महासंघ नेपालका केन्द्रीय महासचिव बद्री इटानी प्रमुख अतिथि थिए भने उपमहासचिव मानकुमार श्रेष्ठ विशेष अतिथि थिए ।

images
images

कार्यक्रमको सञ्चालन दिलकुमार श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य रुजन राईले राखेका थिए । नवनिर्वाचित अध्यक्ष राईका अनुसार, नेपाल सरकार अन्तर्गतको किसान आयोगमा दर्ता भएको पशुपालक किसान महासंघ नेपाल धनकुटा जिल्लामा यो पहिलोपटक औपचारिक संरचनाको रुपमा गठन गरिएको हो । समितिको कार्यकाल तीन वर्षको हुनेछ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्