धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ३ मा जारी चौथो संस्करणको खुवाफोक गोल्डकप अन्र्तगत विहिवार सम्पन्न खेलमा विजयी हुँदै इटहरी एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । धरानको देउराली फुटवल क्लवलाई शुन्यका विरुद्ध तीन गोलले पराजित गर्दै इटहरी एफसी सेमिफाइनलमा प्रवेश गरेको हो । इटहरीका सौरज रावत खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद २ हजार १ सय रुपैया सहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिता अन्र्तगत डाँडाबजार एकेडेमी र दियालो जनकल्याण एफसी वीचको दोस्रो खेल वर्षाले प्रभावित वन्यो । भारी वर्षाले खेल मैदान हिलाम्मे भएपछि यी दुई टिम विचको दोस्रो हाफको खेल हुन सकेन । आयोजक र अफिसियल रेफ्रिबाट समय अभावको कारण देखाउँदै दोस्रो हाफको खेल भोलि शुक्रवार विहान ९ बजे संचालन हुने गरि स्थगित गरिएको थियो । पहिलो हाफसम्म डाँडाबजार एकेडेमीले दियालो जनकल्याण माथि २–१ गोलको अग्रता बनाएको छ । डाँडाबजार एकेडेमीको लागि डिम्पल भण्डारी र विपिन लिम्बूले गोल गरेका थिए । भने दियालो जनकल्याणको लागि मनि मगरले एक गोल गरेका छन् ।
प्रतियोगिता अन्तर्गत भोलि नै सेमिफाइनलका दुई खेल संचालन हुनेछ । पहिलो सेमिफाइनल खेलमा सिसिडिआइसी र संजिवनी फुटवल क्लव वीच प्रतिस्पर्धा हुनेछ । भने दोस्रो सेमिफाइनल खेलमा इटहरी एफसीले डाँडाबजार एकेडेमी र दियालो जनकल्याण वीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
फाइनल खेल जेठ १७ गते शनिवार संचालन हुनेछ । खुवाफोक क्षेत्रको खेलकुद प्रवद्र्धन र युवा प्रतिभा उजागर गर्ने उद्देश्यले सुरु भएको प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैया सहित ट्रफी प्राप्त गर्नेछ । त्यस्तै उपविजेता हुने टिमले नगद ७० हजार ७ सय ७७ रुपैया र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले नगद ५ हजार रुपैया सहित मेडल र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई नगद ३ हजार रुपैया प्रदान गरिनेछ । हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको आयोजक खुवाफोक युनाइटेडका अध्यक्ष सुमन लिम्बूले बताए ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्