images
images
images

खुवाफोक गोल्डकप फाइनलमा कुसुमे साइनिङ र इटहरी एफसी भिड्दै

शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा इटहरी एफसीले मौनावुधुकको सिसिआइसीलाई र दोस्रो खेलमा कुसुमे साइनिङ क्लवले डाँडाबजार एकेडेमीलाई समान २-० गोलअन्तरले पराजित गर्दै कुसुमे साइनिङ क्लव फाइनलमा प्रवेश गरेका छन् ।

images

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ३ मा जारी चौथो संस्करणको खुवाफोक गोल्डकपमा फाइनलमा कुसुमे साइनिङ क्लव र इटहरी फुटवल क्लव प्रवेश गरेका छन् । शुक्रवार सम्पन्न सेमिफाइनल खेलहरुमा विजयी हुँदै कुसुमे साइनिङ र इटहरी एफसी फाइनलमा प्रवेश गरेका हुन् । उपाधीका लागि यी दुई क्लव शनिवार खुवाफोक खेल मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता अन्र्तगत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मौनावुधुकको सिसिआइसीलाई २–० गोलअन्तर पराजित गर्दै इटहरी एफसीले फाइनल यात्रा तय गरेको थियो । इटहरीको जितमा तपन कार्की र विनोद राईले समान एक/एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच इटहरी एफसीका सनोल जिमी घोषित हुँदै नगद २ हजार १ सय रुपैया प्राप्त गरे ।

images
images

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा डाँडाबजार एकेडेमीलाई २–० गोलअन्तरले पराजित गर्दै कुसुमे साइनिङ क्लव पनि फाइनल प्रवेश गरेको छ । साइनिङको जितमा राजेश लुंगेली र सौरज रावतले समान एक/एक गोल गरेका थिए । सो खेलको म्यान अफ द म्याच कुसुमे साइनिङका विनोद राई घोषित भए । उनले नगद २ हजार १ सय रुपैया प्राप्त गरे ।

प्रतियोगिताको फाइनल खेल भोलि शनिवार दिउँसो २ बजे हुनेछ । खुवाफोक क्षेत्रको खेलकुद प्रवद्र्धन र युवा प्रतिभा उजागर गर्ने उद्देश्यले सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैया सहित ट्रफी प्राप्त गर्नेछ । त्यस्तै उपविजेता हुने टिमले नगद ७० हजार ७ सय ७७ रुपैया र ट्रफी प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष सुमन लिम्बूले बताए ।

प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले नगद ५ हजार रुपैया सहित मेडल र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई नगद ३ हजार रुपैया प्रदान गरिनेछ । हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्