images
images
images

लोक सेवा आयोगको वार्षिकोत्सवमा विद्यालयस्तरीय हाजिरीजवाफ

images

धनकुटा  । लोक सेवा आयोगको ७५औँ वार्षिकोत्सव तथा हीरक जयन्तीका अवसरमा लोक सेवा आयोग धनकुटा कार्यालयद्वारा माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ। प्रतियोगिता धनकुटा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको हो । प्रतियोगितामा धनकुटा नगरपालिकाभित्रका श्री गोकुण्डेश्वर माध्यमिक विद्यालय सिरानबजार, श्री गोकुण्डेश्वर बालमन्दिर मावि टुँडिखेल, श्री भाषा मावि कागते, श्री जनकल्याण मावि मार्गा तथा श्री त्रिवेणी मावि चुलीवनका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

प्रतिस्पर्धात्मक रूपमा सम्पन्न उक्त कार्यक्रममा श्री गोकुण्डेश्वर बालमन्दिर मावि टुँडिखेल प्रथम स्थान हासिल गर्न सफल भयो। त्यस्तै, द्वितीय स्थान श्री जनकल्याण मावि मार्गाले र तृतीय स्थान श्री गोकुण्डेश्वर मावि सिरानबजारले प्राप्त गरेका थिए। श्री भाषा मावि कागते र श्री त्रिवेणी मावि चुलीवनले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

images
images

प्रथम स्थान प्राप्त विद्यालयलाई ट्रफीसहित विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पनि मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरियो। अन्य सहभागी विद्यालयका विद्यार्थीहरूलाई प्रमाणपत्र र सान्त्वना पुरस्कार दिइएको थियो ।

कार्यक्रममा लोक सेवा आयोग धनकुटा कार्यालयका प्रमुख, शिक्षा विकास तथा समन्वय इकाई धनकुटाका प्रमुख, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, सहभागी विद्यालयका शिक्षक/शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । यसै अवसरमा लोक सेवा आयोग धनकुटा कार्यालय परिसरमा कर्मचारीहरूद्वारा वृक्षारोपण कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।

images
images

प्रतिक्रिया दिनुहोस्