धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं ३ खुवाफोकस्थित मादेन बजारमा एकदिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरिएको छ । साँगुरीगढी गाउँपालिकाको आयोजना तथा बि.एण्ड सी मेडिकल कलेज विर्तामोड झापाको प्राविधिक सहयोगमा संचालन भएकाे शिविरको उद्घाटन प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जितेन्द्र राईले गरेका थिए ।
शिविरमा ३४२ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। उनीहरूले रगत, पिसाब, सुगर परीक्षण र नि:शुल्क औषधि सेवा समेत पाएका थिए । शिविर अवधिभर खुवाफोक स्वास्थ्य चौकी, विद्यालयका शिक्षक, वडा कार्यालयका कर्मचारी तथा स्वयंसेवी युवा समूहको उल्लेखनीय सक्रियता रहेको थियो ।




हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्