images
images
images

२७ करोड लागतमा बनेको जिल्ला अस्पताल हस्तान्तरण

images

संखुवासभा । २७ करोड लागतमा बनेको जिल्ला अस्पताल हस्तान्तरण गरिएको छ । एक कार्यक्रमका वीच सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले ५० शय्याको अत्याधुनिक अस्पतालको नयाँ भवन जिल्ला अस्पताल प्रशासनलाई हस्तान्तरण गरेको हो ।

उक्त अस्पताल भवन निर्माणका लागि २०७५ असार २२ गते स्वामीनारायण आशीर्वाद जेभी, सुनसरीसँग ठेक्का सम्झौता भएको थियो । करिब २७ करोड २७ लाख ८० हजार ७२३ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख सुमनकुमार मिश्रले जानकारी दिए । भवन हस्तान्तरणसँगै अस्पतालमा तीन वटा सुविधा सम्पन्न ब्लक सञ्चालनमा आएका छन् । अस्पताल भवनको हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले नयाँ भवनबाट सेवा सञ्चालनका लागि तयारी थालिएको जानकारी दिए ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्