धनकुटा । चौबिसे गाउँपालिका–२ स्थित धपडतालमा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गएको छ । चौबिसे–१ फेदापजुङका १७ वर्षीय अभिषेक आले मगर शनिवार दिउँसो करिब ३:३० बजे तालमा पौडी खेल्ने क्रममा डुबेका थिए ।
डुबेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी मुढेवासबाट प्रहरी निरीक्षक गोपाल राईको कमाण्डमा टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो । यस्तै इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा थप उद्धार टोली खटिएको थियो ।
घटनापछि सुरू गरिएको खोजी अभियान अन्तर्गत अभिषेकको शव सोही दिन ४:५५ बजे तालमै फेला पारिएको प्रहरीले जनाएको छ । हाल शवलाई कानुनी प्रकृयापछि परीक्षण तथा अनुसन्धानका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



हुलाकी पाटी 














प्रतिक्रिया दिनुहोस्