images
images
images

हावा–हुण्डरीले धनकुटाको विद्युत सेवा अवरुद्ध, साँझसम्म सुचारु गर्ने प्रयास

images

धनकुटा । गएराति आएको हावा–हुण्डरीका कारण धनकुटा सदरमुकामसहित जिल्लाका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ। हावा–हुण्डरीले विद्युतका पोल भाँचिनुका साथै रुख ढल्दा तार चुँडिँदा गएरातिदेखि नै विद्युत आपूर्ति प्रभावित भएको हो।

धरान–धनकुटा ३३ केभी तथा वसन्तपुर ३३ केभी लाइनका विभिन्न स्थानमा क्षति पुगेको जनाइएको छ।  विद्युत सेवा सुचारु गर्न नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्राविधिक टोलीहरू मर्मत कार्यमा खटिएका छन् । केन्द्रका प्रमुख इञ्जिनियर विजलीप्रसाद यादवका अनुसार हाल ४–५ वटा टोली मर्मत कार्यमा सक्रिय छन् । उनले पहिले ३३ केभी लाइन मर्मतलाई प्राथमिकता दिइने र त्यसपछि अन्य लाइनहरू मर्मत गरी सकेसम्म आज साँझसम्म विद्युत सेवा सुचारु गर्ने प्रयास भइरहेको जानकारी दिए।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्