धनकुटा । छथरजोरपाटी गाउँपालिका–४ तेलियामा फलैंचाबाट खस्दा एक जनाको मृत्यु भएको छ । आज आइतवार दिउँसाे करिव १२ बजे स्थानीय ५६ वर्षीय लक्ष्मण लिम्बु छिमेकी भिमकुमारी लिम्बुको घरअगाडि रहेको फलैंचामा बसिरहेका बेला अचानक लडेर करिब २० फिट तल खसेका थिए । खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्