images
images
images

एमाले धनकुटाद्वारा साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राई निलम्बित

images

धनकुटा । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई निलम्बन गरेको छ । पार्टी गतिविधि विपरीत काम गरेको आरोप लगाउँदै मंगलबार सम्पन्न जिल्ला कमिटीको विस्तारित बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको नेकपा एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले जानकारी दिए ।

उनका अनुसार जिल्ला कमिटी बैठकमा विषय उठेपछि उपाध्यक्ष राईमाथि निलम्बनको कारबाही गरिएको हो । राई साँगुरीगढी गाउँपालिकाकी निर्वाचित उपाध्यक्ष हुन् ।

images
images

त्यसैगरी बैठकले प्रतिनिधि सभा निर्वाचनका क्रममा पार्टीविरुद्ध अन्तर्घात गरेको आरोप लागेका कार्यकर्तामाथि कारबाही गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । भीम राईको संयोजकत्वमा गठन गरिएको समितिमा हिमादेवी भट्टराई र एम.पी. उपाध्याय सदस्य रहेका छन् ।

यता आफूलाई गरिएको भनिएको कारबाहीबारे प्रतिक्रिया दिँदै साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईले हालसम्म औपचारिक जानकारी प्राप्त नभएको बताइन् । उनले विगतदेखि आफूलाई कारबाहीको नाममा दबाब दिने प्रयास भइरहेको बताउँदै यदि कारबाही भएको हो भने त्यसलाई स्वाभाविक रूपमा लिने प्रतिक्रिया दिएकी छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्