images
images
images

याक्खा भाषाको संरक्षणका लागि नेपाल–अमेरिका समझदारी

images

काठमाडौं । नेपाल आदिवासी याक्खा संघ केन्द्रीय कार्य समिति र वासिङ्टन विश्वविद्यालय भाषा अध्ययन केन्द्र अमेरिकाबीच याक्खा भाषाको संरक्षण, प्रवर्द्धन र विकासका लागि समझदारी भएको छ । गत वर्षदेखि चल्दै आएको छलफललाई औपचारिकता दिँदै २०८२ साउन २७ मा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौता अनुसार याक्खा भाषाका शब्दकोश, कथा, कविता, समाचार तथा अडियो–भिडियो सामग्रीलाई संकलन गरेर “याक्खा भाषा सामग्री सङ्ग्रह” नामक अनलाइन प्लेटफर्म विकास गरिनेछ, जसलाई वासिङ्टन विश्वविद्यालयको सर्वरमा होस्ट गरिनेछ। ती सामग्रीहरूको स्वामित्व नेपाल आदिवासी याक्खा संघमा रहनेछ र गैरव्यावसायिक प्रयोजनका लागि अनुसन्धान तथा अध्ययनका काममा प्रयोग गर्न सकिनेछ ।

images
images

नेपाल आदिवासी याक्खा संघले यसअघि याक्खा–नेपाली–अङ्ग्रेजी शब्दकोश, व्याकरण, संस्कार–संस्कृति सम्बन्धी प्रकाशन, पाठ्यपुस्तक निर्माण तथा विभिन्न सञ्चारमाध्यममार्फत सामग्री प्रसारण गर्दै आएको छ। सम्झौतामा संघको तर्फबाट संस्थापक केन्द्रीय अध्यक्ष रामजी कोङरेन र भाषा अध्ययन केन्द्रका निर्देशक रस्सेल ह्युगोले हस्ताक्षर गरेका छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्

images

Author

images

images
images

प्रतिक्रिया दिनुहोस्

images