images
images
images

डाँडाबजारमा प्रहरी चौकी भवनका लागि जग्गा दान गर्ने परिवारलाई सम्मान

images

धनकुटा ।  साँगुरीगढी–५ डाँडाबजारमा प्रहरी चौकी भवन निर्माणका लागि जग्गा दान गर्ने बस्नेत परिवारलाई विशेष कार्यक्रममार्फत सम्मान गरिएको छ । स्व. कृष्णबहादुर बस्नेत र स्व. कृष्णमाया बस्नेत (खड्का)को स्मृतिमा जग्गा उपलब्ध गराइ योगदान गर्ने गंगा, दीपक, ईन्द्र, लक्ष्मी र अपना बस्नेतलाई वडा कार्यालयको तर्फबाट सम्मान गरिएको हो ।

कार्यक्रममा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई सहित स्थानीय जनप्रतिनिधि र सामाजिक व्यक्तित्वहरूको उपस्थितिमा शिलालेख अनावरणसमेत गरिएको कार्यक्रममा वक्ताहरूले बस्नेत परिवारको योगदानलाई उदाहरणीय बताउँदै यसले समाजलाई प्रेरणा दिने उल्लेख गरे ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्