images
images
images

पूर्व मन्त्री डिगबहादुर लिम्बुद्वारा धनकुटामा सुझाव संकलन

images

धनकुटा । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डिगबहादुर लिम्बुले अब मुलुकमा कांग्रेसको विकल्प नरहेको बताएका छन् । शनिबार धनकुटामा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनले मुलुकमा देखिएका समस्या समाधान गर्ने सामर्थ्य केवल नेपाली कांग्रेससँग रहेको दाबी गरे ।

उनले पार्टीभित्र गुटगत झमेलाले कमजोरी ल्याउने भएकाले अब सबै नेता तथा कार्यकर्ता गुटबन्दी छाडेर एकजुट हुनुपर्नेमा जोड दिए । मोरङ कांग्रेसका सभापति समेत रहेका पूर्वमन्त्री लिम्बुले संगठनलाई सबल बनाउँदै लोकतान्त्रिक आन्दोलनलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखे ।

images
images

कार्यक्रममा सहभागी नेताहरूले संविधान संशोधन, शिक्षा विधेयक, पार्टी विधान संशोधन र संगठन विस्तार जस्ता विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए । कार्यक्रममा संविधानसभा सदस्य लिला सुब्बा, नेपाली कांग्रेस कोशी प्रदेश कार्य समिति सदस्य नविन किशोर शाक्य, प्रशिक्षण विभाग सदस्य दिनेश अधिकारी, कांग्रेस मोरङका सचिव मोधराज घिमिरे, ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य विगेन्द्र यांखा, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका निर्वतमान अध्यक्ष लिलाबल्लभ घिमिरे, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य साजनजंग कुवर, महाधिवेश प्रतिनिधि सुमना तिम्सिना, संविधान सभा सदस्य अञ्जना ताम्ली, नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य बुद्धीकान्त घिमिरे, प्रदेश सभा क्षेत्रीय समिति उपसभापति मिलन खड्गी, प्रेस युनियन धनकुटाका अध्यक्ष विनोद घिमिरे, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्रबहादुर लिम्बु र लोकतान्त्रिक खेलकुद महासंघ धनकुटाका अध्यक्ष शम्भु प्रधानलगायत रहेका थिए ।

धनकुटा कांग्रेसका जिल्ला उपसभापति निर्मल प्रसाद ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य मिनबहादुर कार्कीले स्वागत मन्तव्य दिएका थिए ।

सुझाव संकलनको क्रममा पूर्व मन्त्री लिम्बु यसअघि पाँचथर, ताप्लेजुङ र तेह्रथुममा कार्यक्रम सकेर शनिबार धनकुटा पुगेका हुन् । धनकुटामा संविधान संशोधन, विकास निर्माण, शिक्षा, पार्टी विधान र समसामयिक विषयबारे सुझाव संकलन गरिएको जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिए ।

images
images

प्रतिक्रिया दिनुहोस्