images
images
images

स्थानीय प्रशासनद्वारा धनकुटा सदरमुकाममा आज साँझ ५ बजेदेखि कफ्यू आदेश जारी

images

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले आज साँझ ५ बजेदेखि धनकुटा नगरपालिकाको केही क्षेत्रमा कफ्यू आदेश जारी गरेको छ ।  प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बुधबार जारी गरेको आदेशअनुसार साउन २५ गते साँझ ५ बजेदेखि साउन २६ गते बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम निषेधाज्ञा आदेश जारी गर्दै तोकिएको अवधिभर कुनै पनि प्रकारका भिडभाड, सभा, जुलुस, प्रदर्शन, बैठक तथा धर्ना नगर्न निर्देशन दिइएको छ ।

images
images

निषेधाज्ञा लागू हुने क्षेत्र धनकुटा नगरपालिकाभित्र उत्तरतर्फ कागते, पूर्वतर्फ खनिया वास, पश्चिमतर्फ औद्योगिक ग्राम र दक्षिणतर्फ तोकिएको प्रशासनले जनाएको छ ।

तर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधन भने सुरक्षाकर्मीको सहजीकरणमा सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ ।

सुरक्षा अवस्थालाई मध्यनजर गरि कफ्यू आदेश गरिएको र कडाइका साथ लागु हुने धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

images
images

प्रतिक्रिया दिनुहोस्