images
images
images

संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिन धनकुटा कांग्रेसको अपिल

images

धनकुटा । नेपाली कांग्रेस धनकुटाले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा एकजुट हुन सबैमा अपिल गरेको छ । शुक्रबार प्रकाशित विज्ञप्तिमार्फत कांग्रेसले जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि अस्थिर परिस्थितिमा संकटमा परिरहेको भन्दै नयाँ पुस्ताको आकांक्षा र भावनालाई संवेदनशीलताका साथ सम्बोधन गर्न आग्रह गरेको हो ।

धनकुटा कांग्रेसले हालैको आन्दोलनमा ज्यान गुमाएका युवा विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेको छ । साथै प्रदर्शनमा जीवन उत्सर्ग गर्ने युवालाई ‘अमर सहिद’ घोषणा गर्न माग गरेको छ ।

images
images

कांग्रेसले आन्दोलनलाई केवल आवेग नभई परिवर्तनको चाहना र सुन्दर भविष्यको खोजको रुपमा चित्रण गर्दै शान्ति, संयम र संवादमार्फत सहमतिको आधारमा नयाँ सरकार तत्काल गठन गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

आन्दोलनमा घुसपैठ गरी गरिएको आगजनी, तोडफोड र हिंसात्मक गतिविधिप्रति कांग्रेसले दुःख व्यक्त गर्दै त्यसलाई नियोजित स्वार्थ समूहको काम भएको दाबी गरेको छ । सुरक्षा निकायले शान्ति कायम गर्न गरिरहेका प्रयासलाई साथ दिन सबैमा अनुरोध गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवासहित नेतामाथि भएको आक्रमणलाई निन्दनीय ठहर गर्दै कांग्रेसले लोकतान्त्रिक बाटोबाट मात्र समाधान खोज्नुपर्नेमा जोड दिएको छ ।

विज्ञप्ती नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, सचिवद्वय विजय सन्तोषी राई र जयन्द्र घिसिङद्वारा संयुक्त रुपमा हस्ताक्षर गरी जारी गरिएको हो ।

images
images

प्रतिक्रिया दिनुहोस्