images
images
images

जेन–जी आन्दोलनमा मृत्यु भएका कुथुमीको शव गृह जिल्ला धनकुटा ल्याइयो

images

धनकुटा । जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका पाख्रीवास नगरपालिका–१० चुङमाङका ६४ वर्षीय छत्रमान कुथुमी राईको शव गृह जिल्ला धनकुटा ल्याइएको छ ।

गतभदौ २३ गते आन्दोलनका क्रममा निधन भएका कुथुमीको शव नेपाली सेनाको स्काई ट्रक (NA069) मार्फत काठमाडौंबाट विराटनगर ल्याइएपछि, आज साँझ नेपाली सेनाको हेलिकप्टर (NA054) द्वारा धनकुटा सदरमुकाम सल्लेरीस्थित भीमदल गणमा ल्याइएको हो ।  शवसँगै मृतकका छोरा सुवास कुथुमी र परिवारका अन्य सदस्य पनि हेलिकप्टरमै धनकुटा आएका थिए ।

images
images

गाउँबाट समेत आफन्त तथा छिमेकीहरू भीमदल गणमा पुगेका थिए । शव आजै परिवारलाई जिम्मा लगाइएको भीमदल गण सल्लेरीका गणपति गणेश थापाले जानकारी दिए ।

कुथुमीको शवलाई घरसम्म पुर्याउनका लागि जिल्ला प्रशासन कार्यालय धनकुटाबाट शव वाहनको व्यवस्था गरिएको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्