images
images
images

विद्यालय जाँदै गरेका चार बालबालिका अरिंगालले टोकेर घाइते

images

धनकुटा । सहिदभूमि गाउँपालिका–६ घुमाउने डाँडामा शनिबार बिहान विद्यालय जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन् ।

स्थानीय इन्द्रबहादुर राईका तीन छोरी र एक छोरा अन्दाजी बिहान ९:३० बजेतिर घरबाट विद्यालय जाँदै गर्दा बाटोमा अचानक आएको अरिङ्गालले टोकेर घाइते भएका हुन् । घाइते हुनेमा इन्द्रबहादुर राईका ११ वर्षीय छोरा आदित्य राई, १५ वर्षीया छोरी अंकिता राई, ६ वर्षीया छोरी सिम्रीका राई र ३ वर्षीय छोरा आहान राई रहेका छन्। घाइतेमध्ये ११ वर्षीय आदित्य राईको अवस्था मध्यम रहे पनि सबैको बोलचाल सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

images
images

स्थानीय स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि घाइतेहरुलाई थप उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्