धनकुटा । चौविसे गाउँपालिका वडा नं. ४ फलामेटार नजिकै छरुवा खोलामा आएको लेदोसहितको बाढीले मेसिनरीसहितको क्रसर बगाएको छ ।
निर्माणाधीन तमोर करिडोर सडक र पक्की पुलका लागि गिट्टी, बालुवा उत्पादन गर्न रौता कन्स्ट्रक्शनले क्रसर सञ्चालन गरेको थियो । बाढीले १०–१२ किलोमिटर सडक कालोपत्रे गर्न तयार गिट्टी, बालुवा र मेसिनरी औजार बगाएको सञ्चालक सन्तोष दाहालले बताए । बाढीले दुईवटा ट्याक्टरसमेत बगाएर तमोर खोलाको किनारमा पु¥याएको छ । यसबाट ७० लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको उनले बताए ।
तमोर कोरिडोर सडक खण्ड अन्र्तगत पक्की पुल नभएका खोलामा निरन्तर वाढी आइरहेको र खोलाको वहाव नघटेको कारण सोमवार सवारी साधन नचलेको फलामेटारका स्थानीय महेन्द्र न्यौपानेले बताए ।



हुलाकी पाटी 





प्रतिक्रिया दिनुहोस्