धनकुटा । सहिदभूमि गाउँपालिकास्थित ठाकुर देवी माध्यमिक विद्यालयलाई ह्युम्यान प्राक्टिस फाउन्डेसन डेनमार्कले नयाँ विद्यालय भवन निर्माण गरी हस्तान्तरण गरेको छ । आइतबार आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की, फाउन्डेसनका म्यानेजिङ डाइरेक्टर पर्र्नेइले कुर्से मेडसन र खेतान फाउन्डेसनका अध्यक्ष निर्मल सिंहले संयुक्त रूपमा भवनको उद्घाटन गरे ।
करिब ९२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको दुई तले आठ कोठे भवनमध्ये १६ लाख रुपैयाँ सहिदभूमि गाउँपालिकाले व्यहोरेको हो भने बाँकी खर्च फाउन्डेसनले व्यहोरेको हो । भवनमा साइन्स ल्याब, आइसिटी ल्याब र पुस्तकालयसहित विद्यार्थीमैत्री सुविधा रहेको गाउँपालिका अध्यक्ष मनोज राईले बताए । उद्घाटन कार्यक्रममा सहिदभूमि गाउँपालिका, ह्युम्यान प्राक्टिस फाउन्डेसन र खेतान समूहबीच शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा आगामी पाँच वर्षभित्र करिब पाँच अर्ब रुपैयाँ लगानी गर्ने समझदारी पत्रमा समेत हस्ताक्षर गरिएको छ । मुख्यमन्त्री कार्कीले फाउन्डेसनले हिमाली र पहाडी जिल्लाका विद्यालयहरूमा र्पुयाउँदै आएको सहयोगले प्रदेशको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान र्पुयाएको बताए ।





हुलाकी पाटी 

















प्रतिक्रिया दिनुहोस्