images
images
images

वाडाङ्मेट चाडको अवसरमा धनकुटा नगरपालिकाको स्थानीय बिदा घोषणा

images

धनकुटा । आठपहरिया जातीको महान् चाड वाडाङ्मेटको अवसरमा धनकुटा नगरपालिकाले दुई दिन स्थानीय बिदा दिएकाे छ । धनकुटा नगरपालिका क्षेत्र भित्र मात्र बसोवास गर्ने  आठपहरिया जातीको महान् चाडको रुपमा वाडाङ्मेटको अवसरमा नगरपालिकाले आगामी कार्तिक १९ र २० गते  गरि दुई दिन स्थानीय विदा दिएको हाे ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा जारी गरिएको सूचना अनुसार नगरपालिकाको कार्यालय (अत्यावश्यक सेवा बाहेक),  वडा कार्यालयहरू तथा नगर क्षेत्रभित्रका विद्यालयहरूमा स्थानीय विदा लागु हुनेछ । यस निर्णयसँगै धनकुटा नगरपालिकाका कार्यालयहरू उक्त दुई दिन बन्द रहने छन् भने अत्यावश्यक सेवा भने निरन्तर रहने नगरपालिकाले जनाएको छ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्