images
images
images

नेकपा एस धनकुटा कमिटीको निर्णय : एमालेमा पूर्ण रूपमा समाहित हुने घोषणा

images

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी धनकुटाले नेकपा (एमाले)मा पूर्ण रूपमा समाहित हुने निर्णय गरेको छ। धनकुटास्थित नेपाल पत्रकार महासंघ शाखामा आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी गराइएको हो।

जारी गरिएको प्रेस विज्ञप्तिअनुसार, हालै तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एस लगायत राजनीतिक दलहरूबीच भएको एकतापछि सिर्जित नयाँ राष्ट्रिय राजनीतिक परिस्थितिबारे समितिको बैठकले गम्भीर छलफल गरेको थियो। छलफलका दौरान बहुमत सदस्यले नेकपा (एमाले)मा अन्तिम रूपमा समाहित हुने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

images
images

कार्यक्रममा बोल्दै नेकपा एस धनकुटाका जिल्ला अध्यक्ष अर्जुन राईले बैठकले पार्टीलाई एमालेमा समाहित गर्ने निर्णय सर्वसम्मतजस्तै भएको बताए। उनका अनुसार, नयाँ राजनीतिक संरचनामा आफूहरू एमालेमै समाहित भएर अघि बढ्नु उपयुक्त देखिएको छ।

समायोजनसम्बन्धी संयुक्त विज्ञप्तिमा जिल्ला अध्यक्ष अर्जुन राई, उपाध्यक्ष खगेन्द्र सुवेदी र सचिव जे. बी. राईको हस्ताक्षर रहेको छ।

images
images

प्रतिक्रिया दिनुहोस्