धनकुटा । सहिदभूमि गाउँपालिका–१ स्थित श्री चन्द्रोदय प्राथमिक विद्यालयमा स्वर्गीय कमानध्वज, हर्कबहादुर र ऋषिमाया चाम्लिङ राईको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ ।
विद्यालयमा आयोजित कार्यक्रममा अक्षयकोष स्थापनाकर्ताका तर्फबाट छोरा दिपेन्द्रकुमार राई र बुहारी सुष्मा राईले अक्षयकोष सञ्चालनसम्बन्धी कार्यविधिमा हस्ताक्षर गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश राई र प्रधानाध्यापक निता राईलाई हस्तान्तरण गरेका छन् । अक्षयकोषको रकम ५५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।
सोही कार्यक्रममा विद्यालयका जग्गादाता कृष्ण भगत राईले ५० हजार रुपैयाँ बराबरको थप अक्षयकोष घोषणा गरेका छन् ।
कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक अनिता राईले गरेकी थिइन् भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा जग्गादाता कृष्ण भगत राई, वडा सदस्य तथा जनप्रतिनिधि देवलकुमार राई, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चित्रबहादुर राई, चन्द्रबहादुर राई, टेकेन्द्र राई, रामबहादुर खालिङ राईलगायतको उपस्थिति रहेको थियो ।
यसै अवसरमा विद्यालयमा कार्यरत शिक्षिका हेमकुमारी राईको विदाइ कार्यक्रमसमेत गरिएको छ । साथै सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, सहिदभूमि शाखाले विद्यालयका ३७ जना विद्यार्थीलाई झोला वितरण गरेको छ ।



हुलाकी पाटी 














प्रतिक्रिया दिनुहोस्