धनकुटा । धनकुटा नगरपालिका–७ स्थित बसपार्क नजिकै रहेको नानुको होटल एण्ड लजबाट लागुऔषध तथा प्रतिबन्धित औषधि सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गतशुक्रवार राती ११ बजे चेकजाँचका क्रममा उनीहरूको साथबाट SPASPAIN १८ पत्ता (१८० ट्याब्लेट), TRAMOL-50 का २० पत्ता (२०० क्याप्सुल) र DECOLIC १८ ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका–१५ का वर्ष २० का अनिष राई र वर्ष २० की युनिशा तामाङ, धनकुटा नगरपालिका–६ का वर्ष १९ का मौसम खड्गी र वर्ष १८ का सोनाम तामाङ, धनकुटा नगरपालिका–९ का वर्ष १६ का एक नावालक र मोरङ रतुवामाई नगरपालिका–६ का वर्ष १९ का संजय मगर रहेका छन् ।
पक्राउ परेका सबैलाई जिल्ला अदालत धनकुटाबाट लागुऔषध मुद्दामा ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । प्रहरीले लागुऔषध तथा प्रतिबन्धित औषधिको कारोबार नियन्त्रणका लागि नियमित निगरानी र कारबाहीलाई तीव्र बनाइएको जनाएको छ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्