धनकुटा । सम्माननीय राष्ट्रपतिको राजनीतिक विज्ञका रूपमा कार्यरत सुनील बहादुर थापाले पदबाट राजीनामा दिएका छन् । उनले २०७९ साल चैत १४ गतेदेखि राष्ट्रपतिको कार्यालयमा राजनीतिक विज्ञका रूपमा कार्यरत रहँदै आएको उल्लेख गर्दै हालको राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै पदबाट अलग हुने निर्णय गरेको जनाएका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवास, काठमाडौंलाई सम्बोधन गरी बुझाइएको राजीनामा पत्रमा थापाले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन तथा नेपाली कांग्रेसको महाधिवेशनलाई ध्यानमा राख्दै आफू सक्रिय राजनीतिमा पूर्ण रूपमा संलग्न हुन चाहेको उल्लेख गरेका छन् । पार्टी र राष्ट्रको हितका लागि स्पष्ट राजनीतिक गतिविधिमा फर्कनुपर्ने आवश्यकताका कारण राजीनामा दिएको उनको भनाइ छ ।
राजीनामा पत्रमा थापाले राष्ट्रपतिको कार्यालयमा कार्यरत रहँदा प्राप्त सहयोग, मार्गदर्शन र सद्भावप्रति आभार व्यक्त गर्दै राष्ट्रपति कार्यालयको निरन्तर सफलता र शुभकामनासमेत व्यक्त गरेका छन् ।
थापाकाे राजीनामा राष्ट्रपति कार्यालयबाट स्वीकृत भइसकेको छ । थापा नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्रीसमेत हुन्। उनको नाम राष्ट्रिय सभा निर्वाचनको लागि नेपाली कांग्रेस धनकुटाबाट सिफारिस भएको छ ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्