धनकुटा । पाख्रिवासमा करेन्ट लागेर एक जना बालककाे मृत्यु भएको छ । आज विहान करिव ९ बजेको समयमा पाख्रीबास नगरपालिका–५ चौतारा स्थित जंगलमा करेन्ट लागेर १४ वर्षीय बादल तामाङको मृत्यु भएको हो । दाउरा काट्ने क्रममा नजिकै रहेको विद्युत् पोलको सपोर्ट तारबाट करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
घटनाको जानकारी प्राप्त भएपछि खटिएको प्रहरी अनुसन्धान टोलीले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी मृतक तामाङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्