वार्षिक उत्सव कार्यक्रमअन्तर्गत रोटरी क्लब अफ पशुपति, काठमाडौँले विद्यार्थीलाई ट्र्याक सुट वितरण गरेको हो । क्लबले करिब एक लाख रुपैयाँ बराबरका ७० थान ट्र्याक सुट सहयोग गरेको थियो । ट्र्याक सुट क्लबका तर्फबाट राजेश्वर बहादुर श्रेष्ठले विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेज बहादुर कार्कीलाई हस्तान्तरण गरे ।
कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक, शिक्षक, सहयोगदाता तथा विभिन्न व्यक्ति र संस्थालाई सम्मान गरिएको छ। विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीका अनुसार पूर्व प्रधानाध्यापक कमला दाहाल, शिक्षक भानुभक्त राई, शिक्षक हिमाल दाहाल, सहयोगदाता राजेश्वर बहादुर श्रेष्ठ, गुराँसे टी स्टेट प्रालि, रोटरी क्लब अफ पशुपति काठमाडौँ तथा स्रोत कक्षालाई सहयोग गर्ने तीन दर्जनभन्दा बढी व्यक्ति तथा संस्थालाई सम्मान गरिएको हो।
यसै अवसरमा विद्यालयमा स्थापना गरिएको अक्षयकोषबाट छात्रवृत्तिसमेत प्रदान गरिएको जानकारी दिइएको छ। २०२४ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल स्रोत कक्षासहित कक्षा ८ सम्म ९६ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।



हुलाकी पाटी 














प्रतिक्रिया दिनुहोस्