धनकुटा । लागू औषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चाैकी हिले क्षेत्रबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका दुई जनालाई खनतलासी गर्दा उनीहरूको साथबाट लागू औषध फेला पारेको हो ।
पक्राउ पर्नेमा तेह्रथुम जिल्ला लालीगुराँस नगरपालिका–२ बस्ने ३१ वर्षीय तुलसी पौडेल र धनकुटा जिल्ला छथरजोरपाटी गाउँपालिका–६ बस्ने ४६ वर्षीय प्रेम गुरुङ रहेका छन् । उनीहरूको साथबाट खैरो हिरोइन जस्तो देखिने लिसाइलो पदार्थ प्लास्टिकसहित ४३० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका दुवै जनालाई जिल्ला अदालत धनकुटाबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्