images
images
images

नेकपा एमाले केन्द्रीय सदस्यमा धनकुटाका राजेन्द्र राई र तारा तितुङ निर्वाचित

images

धनकुटा। नेकपा एमालेको ११औँ महाधिवेशनबाट धनकुटाका दुई जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । आज सार्वजनिक अन्तिम मतपरिणामअनुसार पूर्वमन्त्रीसमेत रहेका राजेन्द्रकुमार राई र मनकुमारी तितुङ (तारा) केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

समावेशी आदिवासी जनजाति महिलातर्फ मनकुमारी तितुङ (तारा) ले १६१४ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल भएकी छन्। यस्तै, समावेशी आदिवासी जनजाति खुलातर्फ राजेन्द्रकुमार राईले १४२४ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्