images
images
images

समानुपातिकतर्फ नेकपा एमाले धनकुटाबाट ६ जनाकाे नाम सिफारिस

images

धनकुटा । आसन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ नेकपा एमाले धनकुटाले ६ जनाको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ । नेकपा एमाले धनकुटाका उपसचिव नैन विश्वकर्माका अनुसार अल्पसङ्ख्यक समूहबाट विनादेवी राई, दलित समूहबाट नैन विश्वकर्मा र यज्ञकुमारी रुचाल, खस–आर्य समूहबाट खेमनाथ घिमिरे र मेनुका निरौला पौडेल तथा जनजाति समूहबाट गणेशकुमार राई ‘उज्वल’को नाम सिफारिस गरिएको हो ।

यसैबीच, सिफारिस सूचीमा नेकपा एमाले कोशी प्रदेश कमिटीबाट नवनिर्वाचित केन्द्रीय सदस्य मनकुमारी तितुङ (तारा)को नाम पनि थपिएको छ। केन्द्रीय सदस्य तितुङले आफ्नो नाम प्रदेश कमिटीबाट थप गरिएको जानकारी दिइन् ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्