images
images
images

धनकुटाको सहिदभूमि–१ कर्कले स्थित कालसिंह जंगलमा सडेको अवस्थामा शव फेला

images

धनकुटा । सहिदभूमि गाउँपालिका–१, कर्कलेस्थित कालसिंह जंगलमा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार गतशनिवार बिहान करिब १० बजे जंगल क्षेत्रमा सडेको अवस्सथामा अन्दाजी ५०–५५ वर्ष उमेरको, हेर्दा तराई मूलको जस्तो देखिने पुरुषको शव फेला परेको हो । हालसम्म मृतकको नाम, थर र वतन खुल्न सकेको छैन ।

शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो । त्यसपछि पोष्टमार्टम तथा थप अनुसन्धानका लागि शव जिल्ला अस्पताल धनकुटा पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्