images
images
images

धनकुटाको भेडेटारमा कांग्रेसद्वारा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइयो

images

धनकुटा । साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा नेपाली कांग्रेस साँगुरीगढी गाउँपालिका कार्यसमितिले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उनले वी.पी. कोइरालाको मेलमिलापको नीति आजको सन्दर्भमा अझ सान्दर्भिक रहेको बताए । उनले कांग्रेसभित्र पूर्ण एकता कायम गरेर आगामी निर्वाचनमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

images
images

कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिका सदस्य नवीन किशोर शाक्यले वी.पी. कोइरालाले देखाउनुभएको बाटोमा हिँड्न सके मुलुकले निकास पाउने धारणा व्यक्त गरे । त्यसैगरी, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले देश र कांग्रेस पार्टी दुवै गम्भीर संकटमा रहेको उल्लेख गर्दै वी.पी. को राष्ट्रिय एकता तथा मेलमिलापको नीतिबाट मात्र ती संकटको समाधान सम्भव हुने बताए । क्षेत्रीय सभापति तथा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गरेमा मात्र देशले निकास पाउने धारणा राखे ।

नेपाली कांग्रेस साँगुरीगढी गाउँपालिका सभापति नेपाल धन राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका महाधिवेशन प्रतिनिधि एवं युवा नेता हर्कमान चेम्जोङ, जिल्ला सदस्य तथा वडा नं. ६ का वडाध्यक्ष  यमप्रकाश मगर, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, नेपाल सांस्कृतिक महासंघका केन्द्रीय सदस्य भीषण राई, नेपाल प्रेस युनियन कोशी प्रदेशका कोषाध्यक्ष कबिराज घिमिरे, क्षेत्रीय उपसभापति नगेन्द्र राई, पूर्व जिल्ला सदस्य विष्णु राई लगायतका नेताहरूले पार्टीभित्र पूर्ण एकता कायम गर्नुपर्नेमा जोड दिँदै शुभकामना व्यक्त गरे ।

images
images

प्रतिक्रिया दिनुहोस्