धनकुटा । महिला अधिकारको संरक्षण र प्रवर्द्धनका लागि राष्ट्रिय अभियानद्वारा धनकुटा जिल्लामा संगठन विस्तार गर्दै २०८४ सालको ‘महिला पहिला अभियान’ अन्तर्गत हस्ताक्षर अभियान सफलतापूर्वक सम्पन्न गरिएको छ । धनकुटा नगरपालिकाकी उप–प्रमुख भिमादेवी खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाकी उप–प्रमुख सविता राई प्रमुख अतिथिका रूपमा सहभागी थिइन् ।
कार्यक्रममा महिला अधिकार, समानता तथा सशक्तीकरणका विषयमा महत्वपूर्ण छलफल गरिएको थियो । कार्यक्रममा ५५ जनाको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ । साथै, सोही अवसरमा पार्वती दाहाल अमात्यको अध्यक्षतामा महिला अधिकारका लागि राष्ट्रिय अभियानको १७ सदस्यीय कार्यसमिति चयन गरिएको छ । महिला अधिकारको संरक्षण, प्रवर्द्धन तथा संगठनात्मक रूपमा अझ सशक्त बनाउने उद्देश्यले सम्पन्न उक्त कार्यक्रमले स्थानीय तहमा सकारात्मक सन्देश प्रवाह गरेको विश्वास लिइएको छ ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्