images
images
images

निर्मल ओझालाई कांग्रेस धनकुटाको कार्यवाहक सभापतिको जिम्मेवारी

images

धनकुटा । नेपाली कांग्रेस जिल्ला कार्य समिति धनकुटाको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति निर्मल प्रसाद ओझाले पाएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्ला सभापति दिनेश राई उम्मेदवार बनेपछि ओझालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।

सभापति दिनेश राईले बुधबार उपसभापति ओझालाई औपचारिक रूपमा कार्यवाहक सभापतिको पत्र हस्तान्तरण गरेका थिए । नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनकुटाका पदाधिकारीहरूको बैठकले गरेको निर्णय र पार्टीको विधानअनुसार प्रतिनिधिसभा निर्वाचन सम्पन्न नहुन्जेलसम्मका लागि ओझालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको सभापति राईले जानकारी दिए ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्