धनकुटा । स्थानीय विकासमा युवाको भूमिका विषयक युवा संवाद कार्यक्रम आज नेपाल पत्रकार महासंघ धनकुटा शाखाको सभाहलमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष विदुर खवासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनकुटा नगरपालिका उपप्रमुख भीमादेवी खनाल प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् ।
कार्यक्रममा “स्थानीय विकासमा युवाको भूमिका” विषयक कार्यपत्र युवा संस्था महासंघ धनकुटाका फोकल पर्सन सरोज भूजेलले प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्रमा स्थानीय तहको विकासमा युवाको सक्रिय सहभागिता, नेतृत्व र जिम्मेवारीबारे चर्चा गरिएको थियो ।
युवा संस्था महासंघ धनकुटाको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न पेशामा आवद्ध युवा, विद्यार्थीहरु गरी करिव ४१ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले नीति निर्माणदेखि कार्यान्वयनसम्म युवाको भूमिका सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए ।




हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्