images
images
images

धनकुटामा शान्तिपूर्ण रूपमा मतदान सुरु

images

धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत धनकुटामा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। जिल्लाभरका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठका अनुसार अधिकांश मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उपस्थिति देखिएको छ। मतदाताहरू उत्साहका साथ मतदान गर्न केन्द्रमा पुगेका छन् । मतदाताहरु मतदान गर्न लामवद्ध छन् । निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ।

images
images

प्रतिनिधि सभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा दल र स्वतन्त्र उम्मेदवारसहित १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। जिल्लामा कुल १ लाख १८ हजार ४२५ मतदाता रहेका छन्। जसमध्ये ५८ हजार ९४२ महिला र ५९ हजार ४८३ पुरुष मतदाता छन्। धनकुटामा ११९ मतदानस्थल र १६६ मतदान केन्द्र तोकिएका छन् भने अतिरिक्त रूपमा २ अस्थायी मतदान केन्द्र पनि राखिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्