images
images
images

धनकुटामा ४ बजेसम्म ४६ प्रतिशत मत खस्यो

images

धनकुटा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनकुटामा ४ बजेसम्म ४६ प्रतिशत मत खसेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको निर्वाचन सेलका अनुसार जिल्लाभरका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । उनका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ४ बजेसम्म ४६ प्रतिशत मत खसेको हो । जिल्लामा कुल १ लाख १८ हजार ४२५ मतदाता रहेका छन् । जसमध्ये ५४ हजार ४ सय १५ मत खसेको हो । जसमा पुरुष २७ हजार २५७ र महिला २७ हजार १५८ जना मतदान गरेका छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्