धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत धनकुटा जिल्लाको अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईलाई ३ हजार ८७६ मतान्तरले पराजित गरेका हुन् ।
अन्तिम मतपरिणाम अनुसार एमालेका राईले १८ हजार १३२ मत प्राप्त गर्दा कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश भण्डारीले ९ हजार ९४४ मत प्राप्त गरेका छन् ।
यसैगरी श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले ११ हजार ९३२, नेपाली कम्युनिष्ट पार्टीले १ हजार ६६५, स्वतन्त्र उम्मेदवार लाक्पा तामाङले १ हजार १८१, राप्रपाले ७०३, जसपा नेपालले ४३२ र जसपाले २३८ मत प्राप्त गरेका छन् ।
अन्य उम्मेदवारमध्ये उज्यालो नेपालले २२१, नेकपा (माओवादी) ले १३२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ६५, आम जनता पार्टीले ५५, मनकुमार योञ्जनले ५६, जितेन्द्र राईले ९१ र नेमकिपाले २२ मत प्राप्त गरेका छन् ।
प्रतिनिधि सभा निर्वाचन-२०८२


हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्