धनकुटा । महालक्ष्मी नगरपालिकाले आफ्नो कार्यालय परिसरभित्र धूम्रपान तथा मदिराजन्य पदार्थको बिक्री वितरण र उपभोग पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको कार्यालय, जितपुर धनकुटाबाट जारी गरिएको पत्रअनुसार नगर कार्यपालिकाको बैठकले गरेको निर्णय कार्यान्वयन गर्न सम्बन्धित शाखा, उपशाखा, वडा कार्यालय तथा स्वास्थ्य संस्थालाई निर्देशन दिइएको छ।
पत्रमा उल्लेख गरिएअनुसार महालक्ष्मी नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, कार्यालय परिसर तथा नगरपालिकाअन्तर्गत सञ्चालनमा रहेका सबै कार्यालय र कार्यालय परिसरमा धूम्रपान गर्न तथा मदिराजन्य पदार्थको बिक्री वितरण र सेवन गर्न पूर्ण प्रतिबन्ध लगाइएको प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईले बताए । नगरपालिकाले उक्त निर्णय कार्यान्वयनका लागि सबै शाखा, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूलाई आवश्यक सहयोग र पालना गर्न अनुरोध गरिएको छ ।
महालक्ष्मी नगरपालिकाद्वारा जारी गरिएको सूचना




हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्