धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनकुटा जिल्ला कमिटीका सचिवालय सदस्य चन्द्रसिंह लिम्बु (नेम्वाङ)ले पार्टीका सबै जिम्मेवारी तथा साधारण सदस्यताबाट राजीनामा दिएका छन् । नेम्वाङले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै व्यक्तिगत विचारधाराका कारण पार्टीमा रहन नसक्ने निष्कर्षमा पुगेको उल्लेख गरेका छन्। उनले चैत ३ गतेदेखि लागू हुने गरी पार्टीका सबै जिम्मेवारी तथा साधारण सदस्यता त्यागेको जानकारी दिएका हुन् ।
साँगुरीगढी गाउँपालिका–४, फाक्सिव निवासी नेम्वाङ नेकपा एमाले धनकुटा जिल्ला सचिवालय सदस्यको जिम्मेवारीमा रही काम गर्दै आएका थिए । उनले आफू निकट भविष्यमा विचारधारा मिल्ने कुनै राजनीतिक दलमा आबद्ध हुने संकेत पनि दिएका छन्।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्