धनकुटा । धनकुटा नगरपालिकामा किशोर तथा किशोरीहरूको सहभागितामा सामाजिक तथा वित्तीय सीप रूपान्तरणसम्बन्धी आठदिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ। नगरपालिकाका सबै वडाबाट २६ जनाको सहभागिता रहेको उक्त तालिम चैत १० गतेसम्म सञ्चालन हुने जनाइएको छ।
नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्यान्वयन तथा विश्व बैंकको आर्थिक सहयोगमा धनकुटा नगरपालिकाले किशोर–किशोरीहरूलाई सामाजिक र वित्तीय सीप हस्तान्तरण गर्न प्रशिक्षक तयार गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको हो । तालिमको उद्घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले गरेका थिए ।
लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि सञ्चालित एकीकृत सेवा पहुँच परियोजनाअन्तर्गत तालिम सञ्चालन गरिएको हो। परियोजना कार्यान्वयन एकाइका जीबीभी (GBV) विज्ञ नुषराज श्रेष्ठका अनुसार नगरपालिका क्षेत्रका विद्यालयहरूमा किशोर तथा किशोरीलाई लक्षित गरी सामाजिक तथा वित्तीय सीपसम्बन्धी कक्षा सञ्चालन गरिनेछ।




हुलाकी पाटी 














प्रतिक्रिया दिनुहोस्