images
images
images

एमाले छोडेका चन्द्रसिंह नेम्वाङ श्रमसंस्कृति पार्टीमा प्रवेश

images

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनकुटा जिल्ला कमिटीका सचिवालय सदस्यबाट राजीनामा दिएका चन्द्रसिंह लिम्बु (नेम्वाङ) श्रमसंस्कृति पार्टीमा प्रवेश गरेका छन् । नेम्वाङले बुधबार धरानमा श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबाट पार्टी सदस्यताको परिचयपत्र ग्रहण गरेका हुन् ।

यसअघि उनले केही दिनअघि सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै व्यक्तिगत विचारधाराका कारण एमालेमा रहन नसक्ने निष्कर्षमा पुगेको उल्लेख गरेका थिए । साँगुरीगढी गाउँपालिका–४, फाक्सिव निवासी नेम्वाङ एमाले धनकुटा जिल्ला कमिटीको सचिवालय सदस्यको जिम्मेवारीमा रही काम गर्दै आएका थिए । निकट भविष्यमा विचारधारा मिल्ने राजनीतिक दलमा आबद्ध हुने संकेत दिएका नेम्वाङले सोहीअनुसार श्रमसंस्कृति पार्टी रोज्दै नयाँ राजनीतिक यात्रा सुरु गरेका हुन्।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्