images
images
images

धनकुटाको सहिदभूमि–३ ढोडेमा पिकअप दुर्घटना, चालकसहित ४ जना घाइते

images

धनकुटा । सहिदभूमि गाउँपालिका वडा नं ३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन् । आइतबार दिउँसो करिब २ बजे गुर्धुमबाट पञ्चकन्या तर्फ जाँदै गरेको को १ ज २२९५ नम्बरको पिकअप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

दुर्घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छिन्ताङबाट प्रहरी निरीक्षक विकास राईको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो । प्रहरी टोलीले चालकसहित सवार चार जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको जनाएको छ ।

images
images

घाइतेमध्ये चालक सहिदभूमि गाउँपालिका–१ का २१ वर्षीय पूर्ण राईको टाउकोमा गम्भीर चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको र उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) मा रेफर गरिएको छ । त्यस्तै, सोही स्थानकी ३५ वर्षीया मीना तामाङको टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र उनलाई पनि धरान घोपामा उपचारका लागि पठाइएको छ।

यसैगरी, १६ वर्षीय अमित राईको बायाँ हातमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र हाल धनकुटा नगरपालिका–१ हिलेस्थित प्राइभेट मेडिकलमा उपचार भइरहेको छ । अर्का १६ वर्षीय अबिन राईको देब्रे हातमा चोट लागेको छ। उनको अवस्था पनि मध्यम रहेको र धरान घोपामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्