images
images
images

भेडेटार-रवि-राँके सडकखण्डको पहिरोमा फस्यो मिनी ट्रक, सकुशल उद्धार; सडक अझै अवरुद्ध

images

धनकुटा । साँगुरीगढी गाउँपालिका–६ भेडेटार थुम्कीस्थित निर्माणाधीन भेडेटार-रवि-राँके सडकखण्डको थुम्की नजिकै पहिरो खस्दा मिनी ट्रक फसेको छ । सडक दुवैतर्फ अवरुद्ध भएको छ।

शनिबार साँझ करिब ४:३० बजे अविरल वर्षाका कारण माथिबाट पहिरो खस्दा भेडेटारबाट डाँडाबजारतर्फ जाँदै गरेको को १ क ३३०९ नम्बरको मिनी ट्रक पहिरोको बीच भागमा फसेको थियो । उक्त ट्रक मोरङको पथरी शनिश्चरे नगरपालिका–१ निवासी २२ वर्षीय योगेश गौतमले चलाइरहेका थिए । दुर्घटनामा चालक भने सकुशल रहेको र प्रहरीको सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

images
images

ट्रकमा क्षति पुगेको छैन । घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी टोली खटिएर उद्धार कार्य थालेको थियो । जेसिबीको सहायताले ट्रकलाई टोचन (तान्ने) गरी सुरक्षित रूपमा निकालिएको थियो ।  माथिबाट निरन्तर पहिरो खसिरहेकाले उक्त सडकखण्ड अझै अवरुद्ध रहेको छ। सडक खुलाउन थप प्रयास भइरहेको प्रहरीले जनाएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्