images
images
images

माटोको ढिस्कोले पुरिएका कामदारको प्रहरीद्वारा सकुशल उद्धार, स्वास्थ्य अवस्था सामान्य

images

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ६, परिचयमोडमा निर्माणधिन घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएका ३५ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले सकुशल उद्धार गरेको छ । घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीको नेतृत्वमा ३५ सदस्यीय उद्धार टोली खटिएको थियो ।

उक्त टोलीले ढिस्को पन्छाएर रामलाई गम्भिर अवस्थामा उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटामा पठाएको थियो । अहिलेसम्म उनको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जिल्ला अस्पतालले जनाएको छ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्