images
images
images

खुवाफोकमा स्वर्गीय टेकप्रसाद लिम्बुप्रति नेपाली कांग्रेस र साँगुरीगढी गाउँपालिकाको श्रद्धाञ्जली कार्यक्रम

images

धनकुटा । नेपाली कांग्रेस धनकुटा र साँगुरीगढी गाउँपालिकाले आज धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ३ खुवाफोकमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य तथा वडाध्यक्ष, युवा समाजसेवी स्वर्गीय टेकप्रसाद लिम्बुको १३औँ पुण्यतिथिको अवसरमा छुट्टाछुट्टै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन् ।

५५ वर्षको उमेरमा हालै निधन भएका वडाध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य टेकप्रसाद लिम्बु स्वर्गीय लालबहादुर लिम्बु र स्वर्गीय देशरानी लिम्बुका कान्छा छोरा हुन् । उनका श्रीमती माया वाजी लिम्बु तथा छोराहरू सेसाहाङ र तान्छोहाङ लिम्बु रहेका छन् । यसैगरी, उनका दाजुभाइ तथा आफन्तहरूमा स्वर्गीय दुर्गाप्रसाद/कुमारी संयोक, बमबहादुर/कृष्ण संयोक, देवकुमार/टेकमाया संयोक, पूर्णसिंह/विष्णु संयोक, लक्ष्मीप्रसाद/अमृता संयोक लगायत रहेका छन् ।

images
images

नेपाली कांग्रेस धनकुटाका सभापति दिने राईले जिल्ला सदस्य तथा निर्वाचित वडाध्यक्ष टेकप्रसाद लिम्बुको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको श्रद्धाञ्जली कार्यक्रममा बताएका छन् ।

श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, जिल्ला सदस्य चन्द्र याखा, क्षेत्रीय सभापति तथा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, नेपाली कांग्रेस साँगुरीगढी गाउँपालिका सभापति नेपालधन राई, नेपाल किसान महासंघ धनकुटाका अध्यक्ष दिलकुमार राई, वडा नं. ३ का सभापति कृष्ण राई, वडा नं. २ का सभापति राजेन्द्र इग्नाम लगायतले स्वर्गीय लिम्बुको योगदानबारे चर्चा गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

यसैगरी, साँगुरीगढी गाउँपालिकाले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा गाउँपालिका अध्यक्ष जितेन्द्र राई, उपाध्यक्ष मुना राई, योजनाशाखा प्रमुख दोर्ण राई, वडा नं. २ का वडाध्यक्ष योगेन्द्रकुमार ईवाहाङ, महिला सदस्य ज्ञानु लिम्बु, वडा नं. ३ का कार्यवाहक वडाध्यक्ष केशर लिम्बु, वडा नं. ४ का वडाध्यक्ष जीवनकुमार लिम्बु, वडा नं. ५ का वडाध्यक्ष खड्ग लिम्बु, वडा नं. ६ का वडाध्यक्ष दीपक मगर, कर्मचारी छत्र याखा लगायतले स्वर्गीय लिम्बुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई र गाउँपालिकाका योजनाशाखा प्रमुख दोर्ण राईले छुट्टाछुट्टै कार्यक्रममा स्वर्गीय टेकप्रसाद लिम्बुको जीवन र योगदानबारे प्रकाश पारेका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्