धनकुटा । धनकुटा नगरपालिकाले आवश्यक विवरण पेश नगर्ने २३ सहकारी संस्थालाई १५ दिनभित्र कागजात बुझाउन निर्देशन दिएको छ । नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै सहकारी ऐन, २०७५ को दफा २८ को उपदफा (२) बमोजिम सहकारी संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र बोलाउनुपर्ने तथा सोही ऐनको दफा ५२ को उपदफा (१) बमोजिम आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र संस्थाको कारोबारको लेखापरीक्षण गराई सोको प्रतिवेदन, वार्षिक प्रतिवेदन लगायतका कागजात कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको जनाएको छ ।
तर नगर क्षेत्रभित्रका २३ सहकारी संस्थाले हालसम्म लेखापरीक्षण नगरेको, साधारण सभा नगरेको तथा आवश्यक विवरण नबुझाएको पाइएपछि नगरपालिका सूचना जारी गर्न बाध्य भएको प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले बताए ।
नगरपालिकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित विवरण पेश गर्न आग्रह गरेको छ । तोकिएको समयभित्र विवरण नबुझाए प्रचलित कानुनअनुसार जरिवाना लाग्ने चेतावनी समेत दिइएको छ ।






हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्