images
images
images

नेपाली कांग्रेस धनकुटाद्वारा श्रद्धाञ्जली कार्यक्रम

images

धनकुटा । नेपाली कांग्रेस धनकुटाले बेलबारी नगरपालिका वडा नं. ८ बलुवाईमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्दै शोकसन्तप्त परिवारलाई समवेदना पत्र प्रदान गरेको छ।

नेपाल शिक्षक सङ्घ धनकुटाका सचिव तथा नेपाली कांग्रेस धनकुटा प्रदेशसभा ‘क’ क्षेत्रीय कार्यसमितिका प्रदेश महाधिवेशन प्रतिनिधि एवं युवा समाजसेवी रोहिणी पाण्डेकी ममतामयी आमा मनमाया पाण्डेको हालै निधन भएपछि कांग्रेससहित विभिन्न संस्थाको तर्फबाट श्रद्धाञ्जली अर्पण गरिएको हो।

images
images

स्वर्गीय मनमाया पाण्डे, नेपाल महिला सङ्घ धनकुटा नगर कार्यसमितिकी सहसचिव कमला पाण्डेकी सासुआमा हुनुहुन्थ्यो। उहाँ टेकबहादुर पाण्डे, भीमबहादुर पाण्डे, हस्तबहादुर पाण्डे, सोम न्यौपाने, दानाकुमार न्यौपाने, चन्द्रबहादुर न्यौपाने लगायतका परिवारजनकी ममतामयी आमा तथा मिना–भूपेश बस्नेतका सासुआमा पनि हुनुहुन्थ्यो।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई, नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य विगेन्द्र याखा, कांग्रेसका महाधिवेशन प्रतिनिधि थिरेन्द्र बहादुर लिम्बु, नेता भीम घिमिरे, बेलबारी नगर कार्यसमितिका सभापति छत्र लिम्बू, वडा सभापति तीर्थलाल राजवंशी तथा बेलबारी उद्योग वाणिज्य संघका महासचिव विवेक मिश्र लगायतले समवेदना व्यक्त गर्दै परिवारजनलाई समवेदना पत्र प्रदान गर्नुभएको थियो।

यसैगरी नेपाल शिक्षक सङ्घ धनकुटाका अध्यक्ष धीरेन्द्र बहादुर सुब्बा, सचिव भोलानाथ भट्टराई लगायत शिक्षक संघका प्रतिनिधिहरूले पनि शोक व्यक्त गरेका थिए। त्यस्तै, श्री कौशिका आधारभूत विद्यालय मूलघाटका प्रधानाध्यापक विगेन्द्र याखा, सहायक प्रधानाध्यापक रामकुमार राईसहित शिक्षक तथा कर्मचारीहरूले समेत स्वर्गीय मनमायाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका थिए।

images
images

प्रतिक्रिया दिनुहोस्