images
images
images

हुसाडेक नेपालको अध्यक्षमा खेमराज थापा चयन

images

धनकुटा । मानवअधिकार, सामाजिक सचेतन र विकास केन्द्र (हुसाडेक), नेपाल को ३२औँ साधारण सभा तथा १६औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अध्यक्षमा खेमराज थापा, उपाध्यक्षमा मुकुन्दप्रसाद अधिकारी, महासचिवमा रमेशचन्द्र अधिकारी, सचिवमा रोशी राई, र कोषाध्यक्षमा कल्पी पौडेललाई चयन गरेको छ । त्यस्तै सदस्यहरूमा प्रमिला भूजेलमहाप्रसाद रिजाल चयन भएका छन् ।

अधिवेशनका लागि खेमनाथ घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । साथै सो अवसरमा मानव अधिकार एलायन्सका केन्द्रीय अध्यक्ष विदुर सुवेदी र कोशी प्रदेश अध्यक्ष निलबहादुर थापा लाई सम्मान गरिएको थियो ।

images
images

साधारण सभाको वन्दसत्रले महासचिव मुकुन्दप्रसाद अधिकारीको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कल्पी पौडेलको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको थियो । मानव अधिकार एलायन्सका केन्द्रीय विदुर सुवेदीले  दीपप्रज्वलन गरी  उद्घाटन कार्यक्रमकाे समुद्घाटन गरेका थिए । उद्घाटन र वन्दसत्र कार्यक्रम हुसाडेक नेपालका अध्यक्ष सरोज भूजेलकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्