images
images
images

पाख्रिवास नगरपालिकाको शैक्षिक सत्रको नयाँ तालिका लागू-भर्ना ४ गतेदेखि, पठनपाठन १५ गतेबाट

images

धनकुटा । पाख्रिवास नगरपालिका ले आगामी शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना तथा पठनपाठन सम्बन्धी संशोधित समयतालिका सार्वजनिक गरेको छ। केन्द्र सरकारले तोकेको समयअनुसार शैक्षिक गतिविधि सञ्चालन गर्दा पाठ्यक्रमले निर्धारण गरेको पाठ्यभार पूरा गर्न कठिन हुने देखिएपछि नगरपालिकाले नयाँ तालिका लागू गरेको हो।

नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत २२ गतेको निर्णयअनुसार चैत २३ गतेदेखि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने तथा २०८३ सालको शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गरी वैशाख २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय भएको थियो । उक्त निर्णय कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले समेत परिपत्र जारी गरेको थियो ।

images
images

तर परिवर्तित शैक्षिक सत्र र दुई दिने साप्ताहिक बिदाका कारण निर्धारित पाठ्यभार पूरा गर्न चुनौती देखिएपछि वैशाख ३ गते बसेको नगर शिक्षा समिति, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक/प्रिन्सिपल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको संयुक्त बैठकले वैकल्पिक समयतालिका तय गरेको हो।

बैठकबाट प्राप्त सुझावका आधारमा विद्यार्थी भर्ना अभियान वैशाख ४ गतेदेखि सुरु गर्ने र वैशाख १५ गतेदेखि नियमित रूपमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको नगर प्रमुख ज्ञानबहादुर गुरुङ ले जानकारी दिए।

images
images
केन्द्रको निर्णयले पाठ्यक्रम पूरा गर्न समस्या

प्रतिक्रिया दिनुहोस्